सलमानका वडिगार्ड शेरा हिरासतमा
अभिनेता सलमान खानको वरिपरी सधै नै देखिने एक व्यक्ति हुन् शेरा । शेरा सलमानका वडिगार्ड मात्र होइनन् विश्वासका पात्र पनि हुन् ।
शेराले सलमानलाई विगत १८ बर्षदेखि सुरक्षा दिइरहेका छन् । सलमानले शेरालाई आफ्नै घरको सदस्य जस्तो व्यवहार पनि गर्दै आएका छन् । सलमानले अभिनय गरेको फिल्म ‘वडिगार्ड’ शेराप्रति केन्द्रित थियो पनि भनिन्छ ।
तर, सलमानका उनै वडिगार्डलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार राती एक पबमा एक व्यक्तिलाई मारपिट गरेको, हतियार देखाएर धम्क्याएको आरोप उनीमाथि छ । वुधबार प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
शेराले पेस्तोल देखाएर मानिसलाई धम्क्याएका कारण पनि उनीमाथि गम्भिर मुद्दा लाग्न सक्ने देखिन्छ । के शेरालाई सलमानले यसपटक जेलबाट छुटाउलान् त ?
For More videos Log on to Mazzako TV