कपडा फेर्न चट्टानको पछाडि जान्थिन् कंगना
बलिउड अभिनेत्री कंगना रनौटले एक नयाँ खुलासा गरेकी छिन् । उनले हालै छायांकन सकिएको फिल्म ‘रंगुन’को सेटमा भोगेको केही समस्या बताएकी हुन् ।
अभिनेत्री नेहा धुपियाको च्याट शोमा कुरा गर्दै कंगनाले भनिन्-‘कपडा बदल्न वा वाथरुम गर्नका लागि चट्टानको पछाडि जानुपथ्र्यो ।’ यो पौराणिक फिल्मको छायांकनका क्रममा सुविधाको अभाव भएको कंगनाको भनाई छ । उनले फिल्म ‘क्विन’को छायांकनको समयमा कपडा बदल्न क्याफेमा जाने गरेको बताएकी छिन् ।
अरुणाञ्चल प्रदेशमा छायांकनको समयमा यो समस्या भोगेको बताउने कंगनाले सुरुवातमा त आफूलाई डर लागेको बताइन् । तर, पछि विस्तारै डर कम भएको र अवस्था अनुसार चल्न थालेको बताइन् ।
For More videos Log on to Mazzako TV