बलिउड अभिनेत्री काजोलले निर्देशक तथा निर्माता करण जोहरसँग केही यस्ता फिल्ममा काम गरेकी छिन्, जसले उनको करिअरलाई नै उकालो लगाइदिएको छ । ‘कुछ कुछ होता हे, माई नेम इज खान’ जस्ता फिल्ममा यी दुइले काम गरेका छन् । बलिउडमा काजोल र करण राम्रा साथी मानिन्थ्य ।kajol-karan-ana-ajay

तर, अब भने यो मित्रतामा धमिरा लागेको छ । यो कुराको खुलासा काजोलका पति अजय देवगणले नै गरेका छन् । अजयका अनुसार काजोल र करणविच मित्रता टुट्नुको पछाडि दुइको फिल्मको जुधाई होइन । अजयको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘शिवाय’ र करण जोहरको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘ए दिल हे मुश्किल’ एकसाथ जुध्दैछन् ।

फिल्मको जुधाई नै काजोल र करणको मित्रतामा दरार ल्याउने मुख्य कारण बनेको चर्चा थियो । तर, अजयले फिल्मका कारण दुइको मित्रता नसकिएको बताएका छन् । उनले भने-‘काजोल र करणको मित्रता टुट्नुको पछाडि उनीहरुको व्यक्तिगत समस्या हो । फिल्मलाई लिएर कुनै समस्या छैन । म कसैको व्यक्तिगत जीवनमा प्रवेश गर्न पनि चाहन्न ।’ अजयको यो बयानले काजोल र करणको मित्रतामा विश्राम लागेको प्रष्ट हुन्छ ।

For More videos Log on to Mazzako TV