फवाद र माहिरालाई मिडियामा बोल्न रोक
यतिबेला पाकिस्तानी कलाकारमाथि ठूलो आपत्त आइलागेको छ । बलिउडमा चम्कन थालेको करिअर धराशायी बनेको छ । बलिउडमा पाकिस्तानी कलाकार लिएर काम नै गर्न नपाइने अवस्था आएको छ ।
यस्तो अवस्थामा पाकिस्तानका दुई कलाकार फवाद खान र माहिर खानलाई सबैभन्दा ठूलो समस्या देखिएको छ । फवाद बलिउडमा चम्कने तयारीमा थिए भने माहिरा खान अभिनेता साहरुख खानको ‘रइस’बाट डेब्यू गर्दै थिइन् । तर, यी दुबैको करिअर संकटमा परेको अवस्था आएको छ ।
फवाद र माहिरालाई अहिले बलिउडमा मात्र होइन मिडियामा नै प्रतिवन्ध लगाइएको छ । फवाद र माहिरालाई आफू अभिनित फिल्मको बारेमा केही पनि नबोल्न भनिएको छ । पाकिस्तानी कलाकारलाई लगाइएको प्रतिवन्ध, भारत र पाकिस्तानको लडाइको बिषयमा कुरा गर्दा फिल्मलाई असर पर्ने भन्दै फिल्मका निर्माताले मिडियालाई वेवास्ता गर्न भनेका छन् ।
फवाद खानले अभिनय गरेको फिल्म ‘ए दिल हे मुश्किल’ शुक्रबारबाट रिलिज हुँदैछ भने माहिरा खानले अभिनय गरेको फिल्म ‘रइस’ जनवरी २६ मा रिलिज हुँदैछ । दुबै फिल्मको प्रचारमा पनि यी दुई कलाकार अगाडि नआउने पक्का छ ।
For More videos Log on to Mazzako TV