फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’को सफलताले एकाएक दंग भएका अभिनेता सुशान्त सिंह राजपुतको चर्चा बलिउडमा खुबै छ । उनलाई लिएर निर्माताहरु काम गर्न लालयित देखिएका छन् ।
susant-and-kangana
तर, सुशान्तलाई भने कुन कलाकारसँग काम गर्न मन लागेको होला । मिडियासँग कुरा गर्दै सुशान्तले आफूलाई अभिनेत्री कंगना रनावतसँग काम गर्न मन लागेको बताएका छन् ।

सुशान्तले भने-‘कंगनासँग काम गर्न मलाई इच्छा छ । उनीमा कामप्रतिको गम्भिरता छ ।’ कंगना कुनै अभिनेता विना नै फिल्म चलाउन खुबी राख्ने अभिनेत्री हुन् । सायद, सुशान्त उनीसँग काम गरेर फेरि बक्स अफिसमा सफल हुन चाहन्छन् ।

सुशान्तले अनुष्का शर्मालाई भने आफ्नो मनपर्ने अभिनेत्री भनेका छन् । सुशान्त र अनुष्काले फिल्म ‘पीके’मा एकसाथ काम गरेका थिए ।

For More videos Log on to Mazzako TV