अभिनेता आमिर खानले फिल्म ‘थ्री इडियट्स’मा निर्वाहा गरेको भूमिका त तपाइलाई याद नै होला । यो फिल्ममा आमिर यूवा इन्जिनियरको भूमिकामा देखिएका थिए ।
aamir-khan

यही फिल्मको भूमिका जस्तै आमिर वास्तविक जीवनमा पनि इन्जिनियर बनुन् भन्ने उनको परिवार चाहन्थ्यो । मामी फिल्म फेस्टिभलमा सहभागी हुन पुगेका आमिरले यो कुराको खुलास गरेका हुन् । उनले भने-‘मेरो परिवार मलाई कुनै स्थायी जागिर खाओस् भन्ने चाहन्थ्यो ।बलिउडमा एक मिनेट अगाडि काम हुन्छ, एक मिनेट पछि काम नै हुदैन ।’

यसैले बलिउडमा कुनै भरोसा नभएको भन्दै परिवारले आफूलाई इन्जिनियर, डाक्टर बनोस् भन्ने चाहेको आमिरले खुलाए ।

For More videos Log on to Mazzako TV