रणवीरले भने-‘ज्याकलिन मात्र मेरी’
अभिनेत्री कट्रिना कैफसँग ब्रेकअप भएपछि अभिनेता रणवीर कपुरको नाम अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग जोडिएको छ । ज्याकलिन र रणवीर प्रेममा रहेको चर्चा मिडियामा सुरु भैसकेको छ ।
चर्चाकै विचमा रणवीरले आगोमा ध्यू थप्ने काम गरिदिएका छन् । अक्टोबर २८ मा रिलिज हुन लागेको फिल्म ‘ए दिल हे मुश्किल’को प्रमोशनका क्रममा ‘झलक दिखलाजा’मा पुगेकी रणवीरले ज्याकलिनप्रतिको प्रेम छरपष्ट पारेका हुन् । यो शोमा ज्याकलिन जर्जको रुपमा रहेकी छिन् ।
शोका क्रममा ज्याकलिनको छेउमा बसेका रणवीरले भने-‘ज्याकलिन मात्र मेरी हुन् मेरी । उनीमाथि अरु कसैको हक लाग्दैन ।’ रणवीरको यो भनाइले यी दुइविच कतै प्रेम त छैन भन्ने शंका गर्ने ठाउँ मिलेको छ ।
For More videos Log on to Mazzako TV