बलिउड गसिपमा रम्ने स्थान हो । कलाकार चर्चामा रहनका लागि विभिन्न खालका समाचार आफै सार्वजनिक गरिदिन्छन् । अहिले अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहविच व्रेकअप भएको चर्चा सुरु भैसकेको छ । यही चर्चाको बिषयमा यी दुइको व्रेकअपको कारण अभिनेता साहिद कपुरलाई मानिएको छ ।sahid-ranbir-and-deepika

साहिद र दीपिका मिलेर फिल्म ‘पद्मावती’मा काम गर्दैछन् । फिल्ममा रणवीर पनि छन् । तर, साहिद यो फिल्ममा अटाउनुको कारण दीपिकाकै सिफारिश थियो भन्ने चर्चा सुरु भएको छ ।

दीपिकाले फिल्मका निर्देशक संजयलिला भन्सालीलाई साहिदको नाम सिफारिश गरेकी थिइन् । साथै फिल्मको फस्टलुकमा दीपिकाले साहिद र आफू मात्र हुनुपर्ने निर्देशकलाई भनेकी छिन् । जुनकुराले रणवीर निराश छन् ।

दीपिकाले अभिनय गरेको हलिउड फिल्म र रणवीरको ‘वेफिक्रे’ फिल्मको ट्रेलरलाई यी दुइले सामाजिक संजालमा शेयर गरेका छैनन् । तर, साहिदले दीपिकाको कामको प्रशंसा गर्दै ट्विट गरेका छन् । कतै विवाहित साहिदले अविवाहित यो जोडीलाई अलग गरेका त होइनन् ? चर्चा यस्तै सुरु भएको छ ।

For More videos Log on to Mazzako TV