५ करोड दिएर चल्ने भयो ‘ए दिल हे मुश्किल’
एमएनएस पार्टीले आर्मी कोषमा ५ करोड दिएपछि फिल्म चल्न दिने भन्दै राखेको शर्तलाई निर्माता तथा निर्देशक करण जोहरले मानेका छन् । योसँगै भारतकाे महाराष्ट्रसँगै देशभर अक्टोबर २८ बाट रिलिज हुन लागेको फिल्म ‘ए दिल हे मुश्किल’को मुश्किल पनि हटेको छ ।
आज बिहान महाराष्ट्रका सीएमसहित एमएनएस पार्टीका अध्यक्ष राज ठाकरे, फिल्मका निर्माता करण जोहर र निर्माता संघका अध्यक्ष मुकेश भट्टको भेटघाट भएको थियो ।
जसमा एमएनएस पार्टीले फिल्म चल्नु अगाडि शहिदको सम्मानमा केही सन्देश दिनुपर्ने, अबदेखि पाकिस्तानी कलाकार राखेर फिल्म बनाउन नपाउने र आर्मी कोषमा ५ करोड दिनुपर्ने शर्त राखेको थियो । यो शर्त मान्न आफू तयार रहेको करणले बताएका छन् ।
फिल्म रिलिजको दिन नजिकिदै जाँदा करणको समस्या झनै बढेको थियो । यसकारण, उनले सीएमसँग भेट गरेका थिए ।
लभस्टोरी जनराको यो फिल्म अब भारतमा सहज रुपमा रिलिज हुने भएको छ । योसँगै रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा अभिनित यो फिल्मको समस्या पनि टरेको छ ।
For More videos Log on to Mazzako TV