बलिउडमा अहिले डेंगु आतंक नै चलिरहेको छ । एकपछि अर्का कलाकार यो रोगको शिकार भैरहेका छन् । अभिनेत्री विद्या बालन लामो समयपछि अहिले यो रोगबाट छुटकारा पाउँदैछिन् ।

suraj-pancholi

विद्यापछि अभिनेत्री जरिन खानलाई पनि डेंगु रोगले सताएको थियो । जरिन पनि अहिले सार्वजनिक कार्यक्रममा खासै देखिएकी छैनन् । अब, अर्का एक अभिनेतालाई पनि यो रोगले सताएको छ । अभिनेता सुरज पञ्चोलीलाई पनि डेंगु भएको छ ।

उनी २ दिन अस्पतालमा उपचार गरेर घर फर्किएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरज केही दिन घरमै बसेर आराम गर्ने र सार्वजनिक कार्यक्रममा नदेखिने भएका छन् । फिल्म ‘हिरो’ मार्फत यी अभिनेताले बलिउडमा डेब्यू गरेका थिए ।

For More videos Log on to Mazzako TV