अभिनेता रणवीर कपुर अहिले तनावमा छन् । रणवीर निकट मानिने निर्देशक आएन मुखर्जीका अनुसार उनलाई ‘ए दिल हे मुश्किल’को कन्ट्रोभर्सीले तनावमा पारिदिएको हो ।

ranbir-kapoor-tenson

आउँदो शुक्रबार अर्थात अक्टोबर २८ बाट रणवीर अभिनित यो फिल्म रिलिज हुँदैछ । तर, यो फिल्ममा पाकिस्तानी कलाकार फवाद खानको अभिनयका कारण विवाद उत्पन्न भैरहेको छ ।

भारत र पाकिस्तानको लडाइका कारण अहिले भारतमा पाकिस्तानी कलाकारलाई प्रतिवन्ध नै लगाइएको छ । जसकाकारण, रणवीरले ठूलो आशा गरेको यो फिल्मको रिलिजमा तनाव उत्पन्न हुनसक्छ ।

यही कुराले पनि रणवीर तनावमा रहेको आएन मुखर्जीले बताएका छन् । विशेषगरि, महाराष्ट्रमा यो फिल्मलाई रिलिज हुन नै नदिने धम्की आइरहेको छ ।

For More videos Log on to Mazzako TV