अमिताभले हेमालाई वधाई दिदा कहाँ थिए धमेन्द्र ?
बलिउडमा ड्रिम गर्लको उपनाम पाएकी अभिनेत्री हेमा मालिनीले आफ्नो जन्मदिन उनकै निवासमा मनाएकी छिन् ।
जुहु स्थित उनको बंगालामा उनलाई शुभकामना दिनका लागि वलिउडका चर्चित हस्तीहरु पुगेका थिए । हेमा सरप्राइज त्यतीबेला भइन् जतिबेला अभिनेता अमिताभ बच्चन उनलाई वधाई दिन पत्नी जया वच्चनको साथमा पुगेका थिए ।
तर, हेमाको बर्थ डेमा उनका पति धमेन्द्र भने देखिएनन् । अभिनेता सन्नी देवल, बबी देवल पनि हेमाको जन्मदिनमा उपस्थित थिए । हेमा अहिले बलिउड भन्दा राजनीतिमा बढी सक्रिय छिन् । तर, पनि उनको सुन्दरताले उनलाई बलिउडमा सधै नै चर्चामा राखेको पाइन्छ ।
For More videos Log on to Mazzako TV