के दीपिका र रणवीरको प्रेम टुटेको हो ?
बलिउडमा व्रेक र मिलनको चर्चा सधै चल्छ । हरेक दिन जसो कुनै अभिनेता र अभिनेत्रीको प्रेम टुटेको वा जोडिएको खबर सार्वजनिक भएका हुन्छन् ।
बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह अलग भएको चर्चा सुरु भएको छ । दीपिका र रणवीरले आजसम्म दुइको प्रेमलाई सार्वजनिक गरेका छैनन् । प्रेमलाई गोप्यतामा राख्दा राख्दै यो जोडी अलग भएको चर्चा सुरु भएको छ ।
दीपिका र रणवीरले एक अर्काविच दुरी बनाउन सुरु गरेका छन् । यसको मुख्यकारण, दीपिकाले रणवीरसँग कुनै पनि कुरा शेयर नगर्नुलाई मानिएको छ । बलिउडदेखि हलिउडसम्मको यात्रा तय गर्दा दीपिकालाई रणवीरले खुलेरै साथ दिएका थिए ।
तर, दीपिकाले भने रणवीरलाई कुराहरु शेयर गर्न छाडेकी छिन् । दीपिकाले रणवीरको हालै सार्वजनिक भएको फिल्म ‘वेफिक्रे’को ट्रेलरलाई लिएर कुनै प्रतिक्रिया पनि जनाएकी छैनन् । रणवीर प्रेमलाई सार्वजनिक गर्न चाहन्छन् । तर, दीपिका यसो गर्न चाहन्नन् । जसकाकारण, यी दुई अलग भएको चर्चा मिडियामा सुरु भएको छ ।
For More videos Log on to Mazzako TV