बलिउड अभिनेत्री तपसी पन्नु अब निर्देशक निरज पाण्डेकी मनपर्ने अभिनेत्रीको सूचीमा देखिएकी छिन् । तपसीलाई लिएर फिल्म ‘वेवी’ बनाएपछि नीरज उनीसँग नजिक भएका हुन् ।
akshya-and-tapasheee
फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ निर्देशक गरेर सफलता पाएपछि निर्देशक पाण्डेले नयाँ फिल्म ‘शवाना’को छायांकन सुरु गरेका छन् ।

यो फिल्ममा तपसी पन्नु मुख्य भूमिकामा छिन् । यो फिल्ममा निरजका मनपर्ने अभिनेता अक्षय कुमार केमियो भूमिकामा देखिदैछन् । फिल्मको छायांकन अहिले धमाधम चलिरहेको छ ।
अक्षयले ट्विटरमा तस्बिर शेयर गर्दै आफू यो फिल्ममा केमियो भूमिकामा रहेको जानकारी दिएका छन् ।

For More videos Log on to Mazzako TV