भारत र पाकिस्तानविच लफडा चलेपछि अहिले पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिवन्ध नै लगाइएको छ ।
priyanka-chopra
पाकिस्तानी कलाकारले अभिनय गरेका फिल्म रिलिज गर्न नदिने भन्दै विभिन्न राजनीतिक पार्टीदेखि हलवालाहरु समेत अगाडि आइसकेका छन् । यो बिषयमा बलिउडका विभिन्न कलाकारले पनि आफ्नो राय राखिरहेका छन् ।

अब, यो भिडमा अभिनेत्री प्रियंका चोपडा पनि अगाडि आएकी छिन् । प्रियंकाले खाली पाकिस्तानी कलाकारलाई मात्र प्रतिवन्ध लगाउने कुरा किन आइरहेको छ भनेर प्रश्न गरेकी छिन् ?

भारतमा बसेर काम गर्ने पाकिस्तानी व्यवसायी, राजनीतिज्ञदेखि अन्य पेशामा आवद्ध मानिसहरुलाई किन प्रतिवन्ध लगाउने कुरा गरिदैन भन्दै उनले भनिन्-‘हामीले हाम्रो सेनालाई सुरक्षित बनाउनेतर्फ सोच्नुपर्छ । खाली सामान्य कुरामा दौडिएर अर्थ छैन ।’

For More videos Log on to Mazzako TV