‘वीग बोस’को पहिलो दिनमै किन पुगिन् दीपिका ?
भारतीय टेलिभिजिनको चर्चित रियालिटी शो ‘वीग बोस १०’ आजबाट सुरु हुँदैछ । आज बेलुकी नेपाली समय अनुसार सवा ९ बजे यो शो प्रशारण हुनेछ ।
यो बर्ष पनि अभिनेता सलमान खान आफ्नो विभिन्न अन्दाजले दर्शकलाई मनोरञ्जन दिने तयारीमा छन् । यतिमात्र होइन, यसपटक कर्लस च्यानलबाट प्रशारण हुने यो शोमा सामान्य मानिसले पनि भाग लिन पाएका छन् ।
आज प्रशारण हुने यो सिजनको पहिलो दिनको छायांकनका तस्बिर लीक भएको छ । जसमा अभिनेता सलमानसँगै अभिनेत्री दीपिका पादुकोण पनि देखिएकी छिन् । दीपिका र सलमानले विभिन्न गीतमा नृत्य गरेका छन् ।
आखिर, पहिलो भागमा नै दीपिका किन पुगिन् भन्ने पाठकलाई लाग्न सक्छ । दीपिका आफ्नो हलिउड फिल्म ‘रिटर्न अफ जेन्डर केज’को प्रमोशनका लागि पुगेकी हुन् । दीपिका बीग बोसको घर भित्र पनि प्रवेश गरेकी छिन् ।
For More videos Log on to Mazzako TV