बलिउड अभिनेत्री कंगना रनौट दुर्घटना परेर सामान्य घाइते भएकी छिन् । फिल्मको छायांकनबाट फर्किने क्रममा उनी चढेको कारण दुर्घटनामा परेको थियो । कंगनाको अनुहार र हातमा चोट लागेको छ । कारमा रहेका अन्य व्यक्तिहरु पनि सामान्य घाइते भएका छन् ।
kangana-ranaut
ड्राइभरलाई चिसोका कारण स्टेरिङ समाउन अप्ठ्यारो भएपछि कार सडकबाट केही मिटर तल झरेर स्टिङ फेसिङमा ठोक्किएको थियो । स्थानिय ड्राइभरले कार चलाएका थिए ।

घाइते भएकी कंगनालाई तत्काल अस्पताल लगिएको थियो । जर्जियाको राजधानी अटलान्टाबाट केही मिटर पर यो घटना भएको हो ।

घाइते भएपनि कंगनाले छायांकन भने नरोकेको भारतीय मिडियाको भनाई छ । दुर्घटना गम्भिर भएपनि सबैजना सकुशल रहेकोमा फिल्म यूनिट अचम्ममा परेको छ ।

For More videos Log on to Mazzako TV