बलिउड अभिनेता नील नितिन मुकेशले इन्गेजमेन्ट गरेका छन् । मुम्बइमा बस्दै आएकी रुक्मिणी सहायसँग उनले इन्गेजमेन्ट गरेका हुन् । मंगलबार जुहुको एक होटलमा उनको इन्गेजमेन्ट भएको हो । ३४ बर्षका नीलले अर्को बर्ष रुक्मिणीसँग बिहे गर्नेछन् ।
neil-engagement

नीलको परिवारलाई रुक्मिणी खुबै मनपर्छ । ‘आफ्नो लागि जीवनसाथी खोज्ने क्रममा मेरा माता र पिताले रुक्मिणीलाई भेटेका थिए । रुक्मिणी उनीहरुलाई खुबै मनपर्‍यो ।’ नीलले भने । रुक्मिणी र उनको परिवार बलिउडसँग जोडिएका छैनन् ।

एक कम्पनीमा काम गर्ने रुक्मिणीलाई पाएर आफू पनि निकै खुशी भएको नीलको भनाई छ । बलिउडमा असफल भएपछि यतिबेला नीलको चर्चा खासै छैन । सायद, यसैले पनि उनले बिहेको बाटो रोजेको हुनसक्छ ।

For More videos Log on to Mazzako TV