अक्टोबर २८ बाट रिलिज हुन लागेको फिल्म ‘ए दिल हे मुश्किल’ अहिले प्रतिक्षामा छ । करण जोहरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा जस्ता चर्चित स्टार छन् । ranbir-and-ais

यो फिल्म चर्चामा रहनुको मुख्य कारण अभिनेता रणवीर र अभिनेत्री ऐश्वर्याको अन्तरंग दृश्य पनि हो । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यी दुइको अन्तरंग दृश्यले चर्चा पाएको थियो ।

तर, भारतीय सेन्सर बोर्डले यी दुइको ३ वटा अन्तरंग दृश्य फिल्मबाट हटाइदिएको छ । अब, हलमा दर्शकले दुइको रोमान्टिक दृश्य हेर्न नपाउने भएका छन् ।

३ दृश्य हटाएर फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिइएको छ । बालबच्चाले पनि फिल्म हेर्न पाउन् भनेर दृश्य हटाइएको भारतीय सेन्सर बोर्डको धारणा छ ।

लभस्टोरी यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको खण्डमा कमजोर बन्दै गएको रणवीरको स्टारडम पनि उकासिने छ ।

For More videos Log on to Mazzako TV