बलिउड अभिनेत्री दीपिका पादुकोणको फलोअर्स एसियामै सर्वाधिक धेरै देखिएका छन् । ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका महिलाहरुमा दीपिका पहिलो स्थानमा आइपुगेकी हुन् । deepika-padukone

दीपिकाको ट्विटरमा १६ मिलियन अर्थात १ करोड ६० लाख फलोअर्स पुगेका छन् । उनका बलिउडका अन्य अभिनेत्रीहरुले पछ्याइरहेका छन् ।

बक्स अफिसमा पनि दीपिका सफल अभिनेत्री हुन् । ‘पीकु, बाजिराओ मस्तानी’ जस्ता फिल्मका कारण दीपिकाको सफलता अझ उचाइमा पुगेको हो ।

दीपिका अहिले हलिउड फिल्ममा पनि व्यस्त छिन् । हलिउड फिल्ममा अभिनय गरेकाले पनि उनको ट्विटरमा फलोअर्स बढेको अड्कल काटिएको छ । उनी अहिले फिल्म ‘पद्मावती’मा काम गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV