बलिउडमा बायोपिक माथि बनेका फिल्मले चर्चा राम्रो कमाउन थालेका छन् । धेरैले आम्दानी भने औषत गरेपनि बायोपिकको चर्चा धेरै हुन्छ । ms-dhoni

शुक्रबारबाट रिलिज भएको भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ले पनि आक्रामक कमाई गरेको छ । पहिलो दिन नै २१.३० करोड कमाएर सबैको ध्यान खिचेको यो फिल्मले शनिबार पनि २० करोड माथिको व्यापार गर्‍यो । आइतबार बिदाको दिनलाई सदुपयोग गर्दै यो फिल्मले २४ करोड माथिको व्यापार गरेको छ ।

३ दिनमा ६६ करोड कमाएको यो फिल्मले यसै साता सय करोडको क्लबमा प्रवेश गर्ने पक्का बनेको छ । निरज पाण्डेको निर्देशनमा बनेको यो फिल्ममा सुशान्त सिंह राजपुत, दिसा पटानी, अनुपम खेरको मुख्य भूमिका छ । धोनीको भूमिकामा देखिएका सुशान्तको अभिनयको प्रशंसा अहिले विश्वभरबाट भैरहेको छ ।

For More videos Log on to Mazzako TV