बलिउड अभिनेता सलमान खानलाई अहिले उनको एक टिप्पणी भारी परिरहेको छ । पाकिस्तानी कलाकारलाई भारतमा फिल्म खेल्न ब्यान्ड गर्नुपर्छ भन्ने विपक्षीमा उत्रिदै सलमानले उनीहरु आतंकवादी नभएको बताएका थिए ।
salman-and-nana-pateghar
सलमानको यो भनाइलाई लिएर अहिले बलिउडकर्मी र विभिन्न पार्टीका नेताहरुले आलोचनात्मक टिप्पणी गरिरहेका छन् । अभिनेता नाना पाटेघरले पनि सलमानको बयानमाथि टिप्पणी गर्दै उनको आलोचना गरेको छन् ।

नाना पाटेघरले देशको वास्तविक हिरो फिल्मका अभिनेता नभएर आर्मी भएको बताए । आफूले पनि डेढ बर्ष आर्मीमा काम गरेको भन्दै उनले आर्मीको देशप्रतिको समर्पण कस्तो हुने भनेर अरुलाई वुझाउन नसकिने बताए ।

उनले पाकिस्तानी कलाकारलाई फिल्म खेलाउन ब्यान्ड गर्नुपर्छ भन्ने कुराको पक्षमा तर्क गरेका छन् ।

For More videos Log on to Mazzako TV