बन्दुक धारीको आक्रामणमा परेपछि किमले फ्रान्स छाडिन्
आइतबार बेलुकी बन्दुकधारीले होटलमै बन्धक बनाएर लुटपाट गरेपछि चर्चित रियालिटी स्टार किम कार्दशियन तनावमा छिन् । उनी बसिरहेको होटलको कोठामा प्रहरीको बर्दीमा पुगेर २ वन्दुकधारीले उनलाई वन्धक बनाएका थिए ।
उनको करोडौ मुल्यका गहना पनि लुटिएको थियो । किम फ्रान्सको राजधानी पेरिसमा ‘पेरिस फेसन विक’मा सहभागी हुन पुगेकी थिइन् ।
किमको शरीरमा कुनै चोट नपुर्याएपनि बन्दुकधारीले उनलाई वन्धक बनाएका थिए । यसपछि निकै अतालिएकी किमले फ्रान्स छाडेकी छिन् ।
किम आफ्नै प्राइभेट जहाजबाट न्यूयोर्क फर्किएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन् । किम एयरपोर्टमा अनुहार ढाकेर पुगेकी थिइन् ।
For More videos Log on to Mazzako TV