पाकिस्तान र भारतको लडाइका कारण अहिले बलिउडका कलाकार पनि २ कित्तामा देखिएका छन् । कोहीले यस बिषयमा मुख खोलेका छैनन् भने धेरैले भारतीय आर्मीलाई वधाई दिइरहेका छन् । भारतीय आर्मीले गरेको सर्जिकल स्ट्राइकपछि बलिउड कलाकारले वधाई दिए । aasha-bhosle-tweet
बलिउड फिल्मकी चर्चित पाश्र्व गायिका आसा भोस्लले पनि ‘जय हिन्द’ भन्दै ट्विट गरेकी थिइन् । उनले ट्विट गरेपछि पाकिस्तानीहरुले उनलाई तथानाम गाली गरेका थिए ।

जुन गाली अन्य बलिउड कलाकारमाथि पनि बर्सिएको छ । तर, उनै भोस्लेले आफूलाई ट्विटमा जथाभावी बोल्नेहरुलाई हटाइदिएकी छिन् ।

उनले लेखेकी छिन्-‘मैले मलाई गाली गर्ने धेरै कुत्ताहरुलाई हटाइदिएको छु । म जान्दिन कि उनीहरु को हुन् । दुधका दुध पानीका पानी ।’

For More videos Log on to Mazzako TV