बलिउड अभिनेत्री कंगना रनावतले आफ्ना पूर्व प्रेमी तथा अभिनेता ऋतिक रोशनलाई हरेक स्थानमा पिता कै सहारा चाहिने भन्दै उनको मजाक उडाएकी छिन् ।
kangana-and-hritik
कंगना र ऋतिकविचको द्धन्द्धमा पिता राकेश रोशन अगाडि आएका छन् । उनले ऋतिकले धेरै कुरामा मुख नखोलेको भन्दै मुख खोलेको खण्डमा सबैजना सरप्राइज हुने बताएका थिए ।

यो कुराको जवाफ दिदै उनले ४३ बर्षका पुरुषलाई अझै पनि पिताकै साथ किन चाहिन्छ ? भन्दै प्रश्न गरेकी छिन् । उनले ऋतिकले आफ्नो आत्मरक्षा आफै गर्न नसकेको बताइन् ।

कंगना फिल्मी परिवारबाट आएकी यूवती होइनन् । तर, उनी बलिउडमा ठूलो नेटवर्क भएका फिल्मी परिवारका ऋतिकसँग वाकयुद्धमा पछि हटेकी छैनन् ।

For More videos Log on to Mazzako TV