फिल्म प्रमोशनका लागि कपिलको शोमा जान मानेनन् धोनी
आजबाट भारतीय क्रिकेट टिमका क्याप्टेन महेन्द्र सिं धोनीको बायोपिक फिल्म ‘धोनीः अनटोल्ड स्टोरी’ रिलिजमा आएको छ । यो फिल्मको प्रमोशनमा धोनी पनि देखिएका छन् । फिल्ममा धोनीको भूमिकामा सुशान्त सिंह राजपुत देखिएका छन् ।
तर, उनै धोनी चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा प्रमोशनका लागि जान मानेनन् । धोनीलाई कार्यक्रममा ल्याउनका लागि यसका होस्ट कपिल शर्माले धेरै नै कोशिश गरेका थिए । तर, कपिल र उनको टिमको आग्रहलाई धोनीले नकारेका छन् । धोनीले किन कपिलको शोमा जान मानेनन् भन्ने खुलेको छैन ।
तर, धोनी मिडियासँग दुरी बनाउन चाहन्छन् । सायद, उनी कपिलको शोमा जान नमान्नुको कारण यो पनि हुनसक्छ । यो शोमा, बलिउडका चर्चित स्टार साहरुख खान, सलमान खान समेत पुगिसकेका छन् । फिल्म प्रचारका लागि कपिलको यो शो प्रख्यात मानिन्छ ।
For More videos Log on to Mazzako TV