भारत र पाकिस्तानविच देखिएको तिक्तताले अहिले फिल्मी दुनियाँ पनि तरंगित भैरहेको छ । भारतमा बसेर बलिउडमा काम गर्दै आएका पाकिस्तानी कलाकारलाई त्यहाँका राजनीतिक दलदेखि निर्माताहरुको छाता संगठनले समेत प्रतिवन्ध लगाइसकेको छ ।
srk-and-karan-johar

स्थिती सामान्य नभएसम्म पाकिस्तानी कलाकारलाई फिल्लमा काम नगराउने त्यहाँका निर्माताहरुको छाता संगठनले निर्णय गरिसकेको छ । यसको प्रत्यक्ष असर तिहारमा रिलिज हुन लागेको फिल्म ‘ए दिल हे मुश्किल’ र जनवरीमा रिलिज हुन लागेको साहरुख खानको फिल्म ‘रइस’लाई पर्ने देखिएको छ ।

यूरोपमा फिल्म ‘द रीङ’को छायांकनमा रहेका अभिनेता तथा निर्माता साहरुख खानलाई भेट्न निर्माता तथा निर्देशक करण जोहर सुटुक्क पुगेको खबर छ । यी दुइविच भारतबाट हुने फिल्मको नोक्सान कसरी उठाउने भन्ने बिषयमा छलफल भएको मिडियाको दाबी छ । भारतबाट हुने नोक्सान ओभरसिजबाट कसरी उठाउने भन्ने बिषयमा दुई निर्माताविच कुरा भएको छ ।

करण ओभरसिजबाट भारतबाट हुने क्षती उठाउन चाहन्छन् । यसै बिषयमा उनले साहरुखसँग कुरा गरेका थिए ।

For More videos Log on to Mazzako TV