आफ्नो नयाँ फिल्म ‘ए दिल हे मुश्किल’को रिलिजमा समस्या उत्पन्न भएपछि बलिउड निर्माता तथा निर्देशक करण जोहरको तनाव दिनहुँ बढिरहेको छ । तिहारमा रिलिज हुने फिल्ममा पाकिस्तानी कलाकार फवाद खान भएकै कारण यो फिल्म रिलिज गर्न नदिने धम्की एमएनएस पार्टीले दिइरहेको छ । karan-and-salman

फवाद खानको सम्पूर्ण दृश्य नकाटेसम्म फिल्म रिलिज गर्न नदिने भन्दै करणलाई धम्की आइरहेको छ । मंगलबार एमएनएस पार्टीका कार्यकर्ता करणको अफिस अगाडि विरोध गर्न पुगेका थिए । प्रहरीले उनीरुलाई पक्राउ गरेको छ ।

करण यही कुराले तनावमा रहेको थाहा पाएपछि अभिनेता सलमान खानले कदम चालेका छन् । उनले पाकिस्तानी कलाकारले अभिनय गरेको फिल्मलाई रिलिजमा समस्या उत्पन्न नगर्न भन्दै एमएनएस पार्टीका अध्यक्ष राज ठाकरेलाई फोन गरेका छन् ।

सलमानले यो मुद्दा चाडै सक्न र फिल्मलाई तनाव नदिन आग्रह गरेका हुन् । सलमानको यो फोनले करणको तनाव केही भागेको हुनुपर्छ ।

For More videos Log on to Mazzako TV