सासुको अगाडि अक्षयले गरे पहिलो प्रेमको खुलासा
बलिउड अभिनेता अक्षय कुमारले आफ्नी सासु आमा डिम्पल कपाडियाको अगाडि आफ्नो पहिलो प्रेम खुलासा गरिदिएका छन् । मुम्बइमा एक मराठी फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयले आफ्नो पहिलो प्रेम कुनै अभिनेत्रीसँग नभएको बताए ।
उनले आफू कक्षा ६ मा पढ्दा आफ्नी टिचरसँग क्रस भएको बताएका छन् । यो कुरा आफ्ना साथीहरुलाई पनि थाहा भएको अक्षयको भनाई छ । पछि, साथीहरुले टिचरलाई यो कुरा भनेपछि आफूलाई २ दिन विद्यालय आउन बन्द गरिएको अक्षयले सम्भिmएका छन् ।
अक्षयले यो भनिरहँदा डिम्पल पछाडिबाट आएर उनको कपाल तानेकी थिइन् । अक्षय बलिउडमा धेरै यूवतीसँग नाम जोडिएका अभिनेता हुन् ।
शिल्पा सेट्टी, रविना टन्डन, प्रियंका चोपडा जस्ता अभिनेत्रीसँग उनको प्रेम थियो भन्ने चर्चा बलिउडमा आज पनि हुने गर्छ । अक्षयले भने ट्विकल खन्नासँग प्रेमपछि बिहे गरेका थिए ।
For More videos Log on to Mazzako TV