सफल फिल्म ‘स्टूडेन्ट अफ द इयर’का लागि अभिनेत्री आलिया भट्टलाई भन्दा पहिला अभिनेता ज्याकी श्राफकी छोरी कृष्णालाई अफर गरिएको थियो । तर, उनले यो फिल्म खेल्न मानिनन् । कृष्णालाई फिल्म निर्देशनमा धेरै रुची भएकाले पनि उनले यो फिल्म नगरेको चर्चा थियो । तर, यसको कारण अर्कै रहेछ । krishna-shraff

निर्माता करण जोहरले कृष्णालाई अडिसनका लागि बोलाएका थिए । अडिसनका लागि पुगेकी कृष्णालाई ‘बहारा बहारा’ बोलको गीतमा नृत्य गर्न भनेका थिए । तर, कृष्णा यो गीतका लागि तयार थिइनन् । यसैले उनले यो गीतमा नृत्य नगर्ने अडान कसिन् ।

धर्मा प्रोडक्शनका सदस्यहरु सबैले जस्तै कृष्णाले पनि यही गीतमा नृत्य गर्नु पर्ने अड्डीमा थिए । तर, कृष्णाले यो गीतमा नृत्य गर्न नमानेपछि उनले यो फिल्ममा काम गर्न पाइनन् ।

ज्याकी श्राफकी छोरी कृष्णा अहिले टपलेस तस्बिर सार्वजनिक गरेर चर्चामा छिन् ।

For More videos Log on to Mazzako TV