काजोलले किन बल्ल फेसबुक एकाउन्ट खोलिन् ?
बलिउड अभिनेत्री काजोलले बल्ल फेसबुक एकाउन्ट खोेलेकी छिन् । लामो समयदेखि ट्विटरमा रमाइरहेकी काजोलले फेसबुक एकाउन्ट खोल्नुको कारण पनि रोचक छ ।
काजोल यतिबेला अमेरिकामा छिन् । उनी पति अजय देवगणको नयाँ फिल्म ‘शिवाय’को प्रमोशनका लागि अमेरिका पुगेकी हुन् । अमेरिकामा काजोल र अजयले फेसबुकको मुख्य कार्यलयको भ्रमण गरेका छन् । सोही समयमा काजोलले आफ्नो फेसबुक एकाउन्ट खोलेकी हुन् । काजोलको पेज चाडै नै भेरिफाइड पनि हुनेछ ।
तिहारका रिलिजमा आउन लागेको यो फिल्मलाई लिएर अहिले अजय र काजोल उत्साहित छन् । यसैले, काजोलले पनि आफ्नै लगानीमा बनेको फिल्मलाई मन लगाएर प्रमोट गरिरहेकी छिन् । यो फिल्ममा अजय मुख्य भूमिकामा छन् ।
For More videos Log on to Mazzako TV