श्रद्धालाई घर ढिलो आएको भन्दै बाबु-आमाले गाली गरेपछि
बलिउडमा सफलताको सिडी चढिरहेकी अभिनेत्री हुन् श्रद्धा कपुर । उनै श्रद्धाको यतिबेला आफ्ना पिता शक्ति कपुर र आमा शिवांगीको साथमा राम्रो सम्बन्ध छैन । यसको मुख्य कारण श्रद्धाले परिवारलाई समय नदिनु हो ।
फिल्मको काममा व्यस्त श्रद्धाले परिवारलाई समय दिन सकेकी छैनन् । जसकाकारण, शक्ति र शिवांगी उनीसँग रिसाएको एक चर्चित भारतीय पत्रिकाले खुलासा गरेको छ । शक्ति र शिवांगीले श्रद्धालाई गाली गर्दै चाडो घर आउन र परिवारलाई समय दिन भनेका छन् ।
श्रद्धा फिल्मको काम भन्दै घर ढिलो आउने गरेकी छिन् । यतिमात्र होइन, उनी खाली हुने वित्तिकै आफ्ना साथीसँग घुम्न निस्किहाल्छिन् । जसकाकारण, उनका माता-पिताले उनीमाथि आक्रोश पोखेका हुन् ।
For More videos Log on to Mazzako TV