पचास वर्ष पुरानो कथामा ‘पञ्चायत’ : थालियो छायाँकन
फिल्म ‘पञ्चायत’ को शुभ मुहुर्त गर्दै छायाँकन थालिएको छ । शनिबार पश्चिम नेपालको बाग्लुङ पुगेर यो फिल्मको शुभ मुहुर्त गरिएको हो । बाग्लुङ कालिका मन्दिरमा जिल्लाका एसएसपी छविलाल जोशीले क्ल्याप हानेर र नायक गणेश गिरीले नरिवल फोडेर छायांकनको सुरुवात गरेका हुन् ।
‘पञ्चायत’ पचास वर्ष पुरानो राजनीतिक तथा सामाजिक घटनाक्रममा बन्नेछ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारीको कार्यकारी निर्माण रहेको फिल्मलाई स्क्रिप्ट राईटर शिवम् अधिकारीले निर्देशन गर्दैछन् । बाग्लुङको पहाडी भेग बलेवाबाट ‘पञ्चायत’ को छयांकन थालिएको हो । ग्रामिण भेगका कथा र पुरानो संस्कृती झल्काउने लोकेशन फिल्मका लागि आवश्यक भएकाले पहाडी क्षेत्रलाई रोजिएको निर्माण पक्षको भनाई छ । सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गर्न लागेको फिल्ममा मेनुका ढुङ्गाना सह–निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वन लगायतका कलाकार मुख्य भूमिकामा छन् । टंक बुढाथोकीको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको नृत्य रहनेछ ।
For More videos Log on to Mazzako TV