‘बाहुवली २’को सेट भाइरल
‘बाहुवली’ हिट भएपछि अहिले यसको सिक्वेल बनिरहेको छ । भारतीय बक्स अफिसमा सर्वाधिक कमाई गर्न सफल फिल्म ‘बाहुवली’को सिक्वेल अहिले दर्शकका लागि प्रतिक्षामा छ ।
यही फिल्ममको क्लाइमेक्सको एक सेटको तस्बिर बाहिरिएपछि अहिले सामाजिक संजालमा यो तस्बिर भाइरल बनिरहेको छ । यो फिल्मको छायांकन अहिले आन्ध्रप्रदेशको रायलसीमा चलिरहेको छ । बाहुवली २ को सेट भनेर भाइरल भैरहेको तस्बिरको चर्चा अहिले मिडियामा पनि खुबै छाएको छ ।
निर्देशक एसएस राजमौलीले गोपनियताका लागि यो फिल्मको सेटमा मोबाइल समेत प्रतिवन्ध लगाएका छन् । यस्तैमा, बाहुवली २ को सेट भनेर चर्चा गरिएको यो तस्बिर कत्तीको आधिकारिक छ भन्ने प्रश्न उठेको छ ।
निर्देशकले क्लाइमेक्स दृश्य लिक नहोस् भनेर ४ वटा क्लाइमेक्स खिचेका छन् । यो फिल्म आउँदो बर्षको अप्रिल १७ मा रिलिज हुँदैछ । फिल्ममा प्रवास, अमिषा सेट्टी लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
For More videos Log on to Mazzako TV