बलिउडमा अभिनेत्री हुन् या अभिनेता, एक अर्कामा दुश्मनी गर्न पछि पर्दैनन् । सफलताले बलिउडका कलाकारमा दुश्मनी बढाउँछ । अहिले अभिनेत्री कट्रिना कैफसँग अर्की सफल अभिनेत्री दीपिका पादुकोणको दुश्मनी बढेको चर्चा सुरु भएको छ ।kat-and-deepika

दीपिका र कट्रिना एउटै जीम जान्छन् तर अलग-अलग समयमा । एकसाथ भेट भैहाले पनि बोल्दैनन् । आ-आफ्नै शैलीमा यी दुइले बाटो तताउँछन् ।

एक अभिनेत्री जीम पुगेपछि उनी ननिस्किेन्जेलसम्म अर्की अभिनेत्री जीम पुग्दिनन् । म्यानेजरले फोन गरेर जीम खाली भएको बताएपछि मात्र यी दुइमध्ये एक प्रवेश गर्ने गरेको मिडियाको दाबी छ ।

आखिर, दीपिका र कट्रिनाको दुश्मनी बढ्नुको कारण स्पष्ट छैन । तर, दुबै अभिनेता रणवीर कपुरका पूर्व प्रेमिका हुन् । कट्रिना र रणवीरको प्रेम अलग हुनुमा दीपिकाको मुख्य हात रहेको मिडियाको भनाई छ ।

For More videos Log on to Mazzako TV