एन्जेलिनाले गरिन् डिभोर्सका लागि अपिल, ब्राडले गरेका थिए चिटिङ
हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो करिब १४ बर्ष लामो सम्बन्धलाई विश्राम लगाउँदै पति व्राड पिटसँग अलग हुने निर्णय गरेकी छिन् । यही निर्णय गर्दै उनले अदालतमा फाइल पनि दर्ता गरेकी छिन् ।
ब्राड र एन्जेलिनाले सन् २०१४ मा बिबाह गरेका थिए । तर, सन् २००४ बाट यो जोडी एकसाथ रहँदै आएको थियो । यो जोडीको ६ जना बच्चा छन् ।
एन्जेलिनाले आफ्ना सन्तानको स्वास्थ्यका लागि पतिसँग अलग हुने निर्णय गरेको उनका वकिलले बताएका छन् । तर, एन्जेलिनासँग बैबाहिक जीवनमा रहेकै समयमा ब्राड पिटले अन्य यूवतीसँग सम्बन्ध राखेका थिए । पतिले आफूलाई चिटिङ गरेर धोका दिएपछि एन्जेलिनाले अलग हुने निर्णय गरेको मिडियाको दाबी छ ।
For More videos Log on to Mazzako TV