इमरानमाथि यसरि भारी परे अमिताभ
यूवापुस्ताका चर्चित अभिनेता इमरान हाश्मीमाथि बलिउडका महानायक अभिताभ बच्चन भारी परेका छन् । इमरान र अमिताभको फिल्म शुक्रबार एकसाथ रिलिज भएका थिए, तर बक्स अफिसमा लडाइमा अमिताभ धेरै अगाडि पुगेका छन् ।
शुक्रबार इमरान अभिनित फिल्म ‘राज रिबुट’ले ६.३० करोड कमाउँदा अमिताभ अभिनित फिल्म ‘पींक’ले ४.३२ करोड कमाएको थियो । तर, शनिबार यो युद्धमा ठूलै फेरबदल आयो ।
‘पींक’ले ७.६५ करोड कमाउँदा इमरानको फिल्मले ५.४९ करोड कमायो । आइतबार अमिताभको स्टारडमले फिल्मलाई ९.५४ करोडको व्यापार दिलायो । इमरानको फिल्मले भने ६.३० करोडको मात्र कमाई गर्यो । पहिलो दिन इमरानले अमिताभलाई जितेपनि विकेन्ड कलेक्शनमा भने धेरै नै पछाडि रहेका छन् । सोमबार ‘पींक’ले ४.२० करोडको कमाई गरेको छ ।
For More videos Log on to Mazzako TV