विद्यालाई डेंगु, मजाक गर्नेलाई पनि यस्तो जवाफ
बलिउड अभिनेत्री विद्या बालनलाई गतहप्ता डेंगु भएको थियो । डाक्टरले उनलाई डेंगु भएको भन्दै करिब आधा महिना आराम गर्न भनेका थिए । विद्या अहिले घरमा आराम गरिरहेकी छिन् ।
उनै विद्याले आफू अब विस्तारै सन्चो हुन थालेको बताएकी छिन् । ट्विटरमा उनले आफूलाई विस गर्ने सबैलाई धन्यवाद भनेकी छिन् । उनले आफ्नो मजाक उडाउनेलाई पनि धन्यवाद भनेकी छिन् । विद्यालाई डेंगु भएपछि उनको सामाजिक संजालमा मजाक पनि उडाइएको थियो ।
अभिनेत्री बालन विहेपछि बलिउडमा खासै चर्चामा छैनन् । उनले आफू घरमा आराम गरिरहेको बताएर आफ्नो चिन्ता गर्ने फ्यानलाई अब चिन्ता नलिन भनेकी छिन् । विद्या अभिनित फिल्म ‘कहानी २’ नोभेम्बर महिनामा रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV