आमिरको सेक्रेट लुक हेर्नुहोस्
केही दिनदेखि बलिउड अभिनेता आमिर खानको नयाँ फिल्मको लुक भन्दै एक तस्बिर सार्वजनिक भएको थियो । जसमा आमिर लामो जुँगा पालेर फरक गेटअपमा देखिएका थिए । यो उनको नयाँ फिल्म ‘सेक्रेट सुपरस्टार’को लुक भएको भन्दै चर्चा भएको थियो । 
तर, फिल्मका निर्देशक अद्वेत चन्दनले यो कुरालाई पूर्ण अस्विकार गर्दै आमिर नयाँ लुक सार्वजनिक गरेका छन् । जसमा उनी रेड ह्वाइट टिसर्टमा स्टाइलिस्ट नजरमा देखिएका छन् ।
यो फिल्ममा आमिरको विशेष भूमिका छ । फिल्म ‘दंगाल’पछि आमिरले यो फिल्ममा काम गरेका हुन् । फिल्ममा केमियो भूमिका गरेपनि आमिरले करिब १५ दिन छायांकन गर्ने बताइएको छ ।
For More videos Log on to Mazzako TV







