सिद्धार्थ र कट्रिनाको ‘बार बार देखो’ले दर्शक तानेन
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बार बार देखो’ले दर्शकलाई खासै आकर्षण गर्न सकेको छैन । फिल्मको पहिलो दिनको व्यापारले यो कुराको पुष्टी गरेको छ । शुक्रबार यो फिल्मले भारतीय बक्स अफिसमा जम्मा ६.८५ करोडको व्यापार गरेको छ ।
यो कमजोर सुरुवात हो । फिल्मको समिक्षा पनि गतिलो छैन । यो फिल्ममा सिद्धार्थ मल्होत्रा र कट्रिना कैफ मुख्य भूमिकामा छन् । दुबैले प्रमोशन पनि खुबै गरेका थिए । यो फिल्मको ‘काला चश्मा’ बोलको गीतले चार्ट बस्टरमा धमाका नै मच्चाएको थियो । तर, फिल्मले गतिलो सुरुवात गरेन ।
यसले विशेषगरि, अभिनेत्री कट्रिना कैफको करिअरलाई भने धक्का दिने अड्काल काटिएको छ । भारतीय ट्रेन्ड पण्डितहरुले फिल्मको व्यापारलाई कमजोर भनेका छन् । धर्मा प्रोडक्शनले यो फिल्मको निर्माण गरेको हो । नेपालमा पनि यो फिल्मको व्यापार फितलो बनेको छ । नेपाली फिल्म ‘छक्का पन्जा’को अगाडि बलिउड स्टारको फिल्मले खासै कमाल गरेन ।
For More videos Log on to Mazzako TV