भारतीय टेलिभिजनमा कमेडीको माध्यमबाट स्टार बनेका कपिल शर्माको एक ट्विटले हंगामा नै मच्चाएको छ । कपिपले शुक्रबार बिहानै आफूलाई अफिस बनाउनका लागि वीएमसीका अधिकारीले ५ लाख घुस मागेको भन्दै ट्विट गरे ।
kapil-sharma
उनको ट्विट नरेन्द्र मोदीको नाममा समेत गरियो । मोदीलाई तपाइको अच्छे दिन यही हो भन्दै उनले प्रश्न समेत गरे । कपिलले ट्विटमा आफूले ५ बर्षमा १५ करोड राजस्व तिरेको भन्दै वीएमसीका कर्मचारीले ५ लाख घुस मागेको लेखेका थिए ।

कपिलले मुम्बइमा अफिस बनाउन चाहेका थिए । जसका लागि कागजपत्र तयार गर्न वीएमसीका कर्मचारीले ५ लाख घुस मागेको कपिलको आरोप छ । अहिले कपिलको ट्विटलाई लिएर समर्थन र आलोचना दुबै भैरहेको छ ।

For More videos Log on to Mazzako TV