सन् २०१२ मा पोर्न दुनियाँ छाडेर सन्नी लियोनी बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले केही फिल्ममा काम गरिन् । ‘रागिनी एमएमएस २’ बाहेक कुनै पनि फिल्मबाट सन्नी सफल भइनन् । फिल्मको पर्दामा पनि सन्नीले अभिनय भन्दा आफ्नो शरीर नै देखाइन् । sunny-leone

सन्नीलाई लाग्छ अझै पनि उनी बलिउडमा फिट भैसकेकी छैनन् । उनले अझै पनि धेरै गर्न बाँकी छ । सन्नीका अनुसार उनले बलिउडमा यस्ता कैयौ राम्रा मानिसहरु भेटेकी छिन्, जसले उनको करिअर उकालो लगाउन सहयोग गरेका छन् ।

सन्नी ‘जिस्म २, लीला’ जस्ता राम्रा फिल्ममा काम गरेको बताउन पछि पर्दिनन् । सन्नीले हालै मात्र बलिउड अभिनेता साहरुख खानसँग फिल्म ‘रइस’को एक गीतमा काम गर्ने मौका पाएकी थिइन् । उनले यसलाई ठूलो फिल्म भित्र छोटो काम गर्दा पनि ठूलो अवसर भएको बताइन् । सन्नीका अनुसार उनले कुनै दिन साहरुखसँग पूरा फिल्म खेल्ने सपना बोकेकी छिन् ।

For More videos Log on to Mazzako TV