अमिताभको भन्दा दीपिकाको पारिश्रमिक धेरै
बलिउड अभिनेत्री दीपिका पादुकोणले अर्का मेघास्टार अमिताभ बच्चनको भन्दा धेरै पारिश्रमिक लिन्छिन् भन्दा तपाइलाई अचम्म लाग्न सक्छ । बलिउडमा एक पुस्ता नै लीड गरेका अमिताभले यो खुलासा स्वयंम गरेका हुन् ।

फिल्म ‘पींक’को प्रमोशनका क्रममा अमिताभले यो कुराको खुलासा गरेका हुन् । उनले फिल्म ‘पीकु’मा दीपिकाको भन्दा आफूले कम पारिश्रमिक लिएको बताए ।
उनले दीपिका फिल्ममा आफू भन्दा महत्वपूर्ण भूमिकामा रहेकाले पनि पारिश्रमिक उनका लागि सुहाउँदो भएको बताए । यतिमात्र होइन, उनले दीपिका अहिलेकी सुपरस्टार भएको पनि बताए । साथै अमिताभले आफू लामो समयपछि पर्दामा आएकाले पनि आफू त्यती महत्वपूर्ण नभएको बताएका छन् ।
For More videos Log on to Mazzako TV







