बलिउडका अविवाहित अभिनेता सलमान खानले आफ्नी प्रेमिका लुलिया वन्तुरसँग नोभेम्बरमा बिहे गर्न लागेको चर्चा छ । सलमानले पनि नोभेम्बर १८ मा बिहे गर्ने तर कुन बर्षको थाहा नभएको अभिव्यक्ति दिएका थिए । salman and luliya

सलमानले प्रेमिका लुलियालाई नोभेम्बर १८ मै बिहे गर्न लागेको भारतीय मिडियाले ठोकुवा गर्न थालेका छन् । यसको मुख्य कारण, लुलियाको भीसालाई लिइएको छ ।

लुलियाको भीसा नोभेम्बरमा सकिदैछ । यसपछि उनलाई रोमानिया फर्कनु पर्नेछ । यदि, उनले फेरि भिसा एप्लाई गरिन् भने ३ महिना लाग्न सक्छ । यसैले सलमान उनीसँग बिहे गर्न चाहन्छन् । मिडियामा आएजस्तै के सलमानले लुलियासँग यो महिनाको अन्त्यमा बिहे गर्लान् ? सबैको प्रतिक्षा अब यही नै छ ।

For More videos Log on to Mazzako TV