निर्देशक मोहित सुरी आफ्नो नयाँ फिल्म ‘हाफ गलफ्रेन्ड’को छायांकनमा व्यस्त छन् । तर, फिल्मका मुख्य कलाकार अर्जुन कपुरको केही हर्कतले उनलाई तनाव दिएको छ । arjoon and mohit
खबर अनुसार अर्जुन रातभरी पार्टीमा रमाइरहेका छन् । जसले गर्दा उनले एक दिनमा १ लाखसम्म खर्च गरिदिएका छन् । यतिमात्र होइन, उनी पार्टीकै कारण छायांकन सेटमा पनि ढिलो पुगिरहेका छन् । अर्जुनको पार्टीमा रमाउने शैली र रिटेक धेरै गर्नुपरेपछि मोहित रिसाएका हुन् । उनको र अर्जुनको यो बिषयमा बहस पनि भएको थियो ।

पार्टीका कारण अर्जुन काममा ध्यान दिइरहेका छैनन् । जसले निर्देशकलाई काम गर्न गाह्रो भैरहेको छ । यो फिल्ममा श्रद्धा कपुर अर्जुनको हिरोइनको रुपमा काम गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV