२ बर्षदेखि गोप्य प्रेममा सोनम
बलिउड अभिनेत्री सोनम कपुर २ बर्षदेखि एक व्यापारीको प्रेममा रहेको खुलासा भएको छ । सोनमले २ बर्षदेखि आफ्नो प्रेमलाई गोप्यता दिदै आएकी थिइन् ।
बलिउड अभिनेता अनिल कपुरकी छोरी सोनम दिल्लीका एक व्यापारीको प्रेममा रहेको खुलासा भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले गरेको हो ।
टाइम्सका अनुसार फेसन लेबल ब्लानका मालिक आनन्द आहुजासँग सोनम २ बर्षदेखि गोप्य रुपमा प्रेम गरिरहेकी छिन् । तर, सोनमले आफ्नो प्रेमलाई हालसम्म सार्वजनिक गरेकी छैनन् ।
यो ब्रान्ड सोनमको मनपर्ने ब्रान्ड पनि हो । उनले धेरै कार्यक्रममा यो ब्रान्ड लगाउँदै आएकी पनि छिन् ।
For More videos Log on to Mazzako TV