फिल्म ‘मोहेन्जो दारो’को असफलताले बलिउड अभिनेता ऋतिक रोशन निकै तनावमा छन् । जसकाकारण उनी आफ्नो फिल्मको सेटबाट समय समयमा गायब पनि हुन थालेका छन् ।
hritik roshan photo
ऋतिक फिल्म ‘काबिल’को छायांकनमा व्यस्त छन् । तर, उनी केही दिन अगाडि कसैलाई जानकारी नै नदिई फिल्मको छायांकन छाडेर हराए । ऋतिक कता गए भन्ने कसैलाई पनि पत्तो भएन । उनले न त कसैको म्यासेज रिप्लाई गरे न त कसैको फोन नै उठाए । आखिर, उनले यस्तो किन गरे ? ऋतिकको कारण निर्मातालाई हरेक दिन १२ लाख घाटा भयो ।

ऋतिकका पिता राकेश रोशनले पनि उनको स्वास्थ्य अवस्थाका कारण उनी केही दिन आराम गर्न गएको बताए । साथै उनले ऋतिकले शुक्रबारदेखि सुटिङ सुरु गरेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV