रणवीरको घर छाड्दै कट्रिना
प्रेममा परेपछि सबै कुरा शेयर हुन्छ । जब, प्रेमबाट अलग भइन्छ नी, त्यसपछि त्यही कुराहरु अर्काको लाग्न सक्छ । प्रेममा पर्दा महिनाको १५ लाख रुपैयाँ तिरेर अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफले घर किनेका थिए । 
तर, अहिले यी दुई अलग भैसकेका छन् । अलग भएपछि यी दुइले अब उक्त फ्ल्याट छाड्ने तयारी गरेका छन् । प्रेममा अलग भए लगतै रणवीरले सो फ्ल्याट छाडेका थिए । तर, कट्रिनाले भने अब अक्टुबरसम्म सो फ्ल्याट छाड्ने तयारी गरेकी छिन् ।
५ करोड खर्च गरेर यी दुइले घर सजाएका थिए । तर, प्रेमको फूल नै चुडिएपछि दुबैले आ आफ्नो लागि घर खोजिरहेका छन् । कैफले अहिले नयाँ घर खोजिरहेकी छिन् ।
For More videos Log on to Mazzako TV







