रजनीलाई नम्रताको व्याङ्ग्य ‘ब्रासलेट लगाउने मात्रै कलाकार होइन’
नायक रमेश उप्रेतीको कमव्याकवाला फिल्म ‘ब्रासलेट’ भदौ १७ गतेदेखि प्रददर्शनमा आउँदैछ । निर्मल शर्मा ‘गैंडा’ ले निर्देशन गरेको फिल्मको प्रचार प्रसारमा रमेश र नायिका रजनी केसी हातमा ब्रासलेट लगाएर कुदिरहेका छन् । केशव भट्टराई निर्मित फिल्ममा नायिका नम्रता सापकोटा, नव नायक सुगम गुँरागाईंलाई निर्माण पक्षले ‘वाइपास’ नै गरेको हो त ?
यस बारे नम्रताको भनाई छ, ‘ब्रासलेट लगाएर हिंड्दैमा म कलाकार हुन्छु यो हुंदिन भन्ने कुरामा म मान्यता राख्दिनं । हामीले दर्शक हलमा आउने गरी फिल्मको प्रचार प्रसार गर्ने हो ।’ नम्रताले थपिन्, ‘हामीलाई जहाँ जहाँ जाउँ भनेर भन्नु भएको छ, हामी त्यहाँ पुगेका छौं । हामी आफैंले हिंडदैनौं चाहि भनेको छैन । उहाँहरुले भनेजति ठाउँमा पुगेका छौं ।’
यस्तै नव नायक सुगम गुरागाँईंले पनि निर्माण पक्षले भने जति ठाउँमा आफु हिंडिरहेको बताए । उनले भने दर्शकलाई मन पर्ने फिल्म बनेको बताए । ‘गाजलु’ मा अभिनय गरेका ऋतिक शाहीको पनि ‘ब्रासलेट’ मा अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV