साहारा चाहिनेले बिहे गर्ने नरगिसको दाबी
अभिनेत्री नरगिस फक्री अहिले फिल्मले भन्दा आफ्नो निजी जिन्दगीका कारण बढी चर्चामा छिन् । नरगिस केही महिना अमेरिका पुगेपछि उनले बलिउड छाडेको चर्चा पनि भएको थियो । तर, नरगिसले आफू बिरामी भएकाले भारत छाडेको बताएकी छिन् ।
डाक्टरको सल्लाहा अनुसार आफूले आयुर्वेदिक औषधी सेवन गरेको र यसका लागि केही समय भारत बाहिर रहेको उनको भनाई छ । उनका अनुसार उनी अब ठिक छिन् ।
नरगिसले उदय चोपडाका कारण आफूले भारत नछाडेको बताइन् । नरगिसले आफूलाई बिहेका विश्वास नलाग्ने पनि बताइन् । कसैको साहरा चाहिनेले मात्र बिहे गर्ने भन्दै अहिले आफूलाई त्यसको आवश्यकता नभएको उनको भनाई छ । उनले बिहे गरेर श्रीमान् श्रीमतीले एक अर्कालाई चिट गर्न थालेको नरगिसले बताइन् ।
For More videos Log on to Mazzako TV